समाज

उर्लाबारी आगलागी : कुन घाइतेको अवस्था कस्तो छ ?

इकागज |
कात्तिक २८, २०८० मंगलबार ११:४३:३९ बजे

काठमाडौँ- मोरङको उर्लाबारी नगरपालिका-७ स्थित दीपक कार्कीको घरमा रहेको स्नेहा ज्वेलर्समा आइतबार राति भएको आगलागी नियन्त्रणका क्रममा खटिएका नेपाली प्रहरीसहित २८ जना घाइते भएका छन् । 

घाइते १४ जनालाई थप उपचारका लागि सोमबार नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौँस्थित बर्न अस्पताल लगिएको हो ।


कोशी प्रदेश सरकारको समन्वयमा उनीहरूलाई थप उपचारका लागि काठमाडौँ पठाइएको जनाइएको छ । 

उक्त सुन पसलमा सोमबार बिहानसम्म आगलागी भएको थियो । आगलागी नियन्त्रणका क्रममा खटिएका प्रहरीसहित स्थानीय सर्वसाधारण घाइते भएको प्रहरीले जनाएको छ । सटरभित्र रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा फैलिएको आगोको लप्काले उनीहरू जलेका हुन् ।

घाइतेहरूलाई तत्कालै झापाको दमक र मोरङको विराटनगरस्थित विभिन्न अस्पतालहरूमा उपचारका लागि लगिएको थियो । गम्भीर अवस्थाका घाइतेहरूलाई थप उपचारका लागि काठमाडौँ लगिएको र बाँकीको विराटनगरका अस्पतालहरूमा अहिले पनि उपचार जारी रहेको जनाइएको छ ।

रातको समयमा भएको आगलागी नियन्त्रणका क्रममा खटिएका प्रहरी नै आगोले जलेर घाइते भएको जानकारी आएपछि उनीहरूको उपचारका लागि कोशी प्रदेश सरकारले समन्वय गरेर नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौँ पुर्‍याइएको मुख्यमन्त्री केदार कार्कीले बताए ।

आगलागी नियन्त्रणमा खटिएका प्रहरी र सर्वसाधारणसमेत ठूलो सङ्ख्यामा मानिसहरू घाइते भएपछि झापाको दमक नगरपालिका, गौरादह नगरपालिका, कमल गाउँपालिका र मोरङको कानेपोखरीको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।

घाइतेहरूको नाम र अवस्था
- ईप्रका उर्लाबारी मोरङ सञ्‍चार दरबन्दी भई कार्यरत प्रसनि चुडामणि प्रधान दुवै हातको कुइनाभन्दा मुनि, अनुहारमा जलेको अवस्था बोल्न सक्ने मध्यम ।
- प्रचौ अमाहिबरियाति मोरङ दरबन्दी भई कार्यरत प्रज दिल कुमार आचार्य दुवै हातको हत्केला ,अनुहार ,पिडुलामा जलेको बोल्न सक्ने मध्यम ।
- प्रचौ कर्सिया मोरङ दरबन्दी भई कार्यरत प्रज ऋदिकिरण राई  शरिरको बिभिन्न भागमा जलेको बोल्न सक्ने मध्यम  ।
- जिल्ला मोरङ उर्लावारी नपा ७ बस्ने बर्ष ४२ को कुमार तामाङ शरीरको विभिन्न भाग जलेको, अवस्था गम्भिर ।
- ऐ.ऐ. बस्ने बर्ष १४ को अलि बाबु मन्सुरको दुवै खुट्टा, हातमा पोलेको, अवस्था मध्यम ।
- जिल्ला मोरङ उर्लावारी नपा ७ बस्ने बर्ष २३ को विशाल बस्नेतको अनुहार, हात पोलेको अवस्था मध्यम ।
- ऐ.ऐ. बस्ने बर्ष ३१ को शिव कुमार वि.क.को अनुहार, हात र छाती पोलेको अवस्था मध्यम ।
- ऐ.ऐ. बस्ने बर्ष ४३ को राम नरेश मरिताको टाउको,अनुहार र छाती पोलेको अवस्था मध्यम ।
- ऐ.ऐ. बस्ने बर्ष ५३ को दिनेश सर्माको अनुहार, छाती र दुवैहात पोलेको अवस्था मध्यम ।
- ऐ.ऐ. बस्ने बर्ष ४६ को दिपेन्द्र कार्कीको दुवै हात, छाती पोलेको अवस्था मध्यम ।
- ऐ.ऐ. बस्ने बर्ष २१ को सुमन चौधरीको अनुहार, हात र छातीमा पोलेको अवस्थ मध्यम ।
- ऐ.ऐ. बस्ने बर्ष ६४ को कैलाश गुरुङको टाउको, अनुहार, छाती पोलेको, अवस्था मध्यम । 
- जि.मोरङ उर्लाबारी न.पा.७ बस्ने बर्ष अं.३१ को सुजन सेन्दाङ - अनुहार दुवै हातमा जलेको -अवस्था मध्यम बोल्न सक्ने ।
- ने.प्र.बि.सु गण दुहबि सुनसरी दरबन्दी भई कार्यरत प्रसह मन बहादुर घिसिंङ शरिरको बिभिन्न भागमा जलेको बोल्न सक्ने मध्यम ।
- ऐ.बस्ने बर्ष ४० को लाल बहादुर लिम्बु –हात खुट्टामा जलेको अवस्था मध्यम बोल्न सक्ने ।
- ऐ.बस्ने बर्ष ४३ को कबिराज दाहाल अवस्था मध्यम बोल्न सक्ने ।
- ऐ.बस्ने बर्ष ४३ को तपन पण्डित-अवस्था मध्यम बोल्न सक्ने ।
- ऐ.बस्ने बर्ष २६ को बिक्रम साहा-अवस्था मध्यम बोल्न सक्ने ।
- ऐ.बस्ने बर्ष ३४ को प्रकाश लिम्बु-अवस्था मध्यम बोल्न सक्ने ।
- ऐ.बस्ने बर्ष ६८ को रुकुम बहादुर कार्की -अवस्था मध्यम बोल्न सक्ने ।
- ऐ.बस्ने बर्ष ३७ को नबिन थापा-अवस्था मध्यम बोल्न सक्ने ।
- ऐ.बस्ने बर्ष ४९ को हेम कुमार दाहाल -अवस्था मध्यम बोल्न सक्ने ।
- ऐ.बस्ने बर्ष१५ को करण संग्रौला – हातखुट्टा अनुहारमा  जलेको अवस्था सामान्य ।
- ऐ.बस्ने बर्ष ३८ को फोर सन्जित ब्यापारी हात खुट्टामा जलेको बोल्न सक्ने मध्यम ।
- जिल्ला मोरङ उ.पा ७ बस्ने बर्ष ४२ को तारा मान सेरेङ अनुहार, दुवै हात खुट्टामा जलेको बोल्न सक्ने मध्यम ।
- जिल्ला मोरङ उ.पा ८ बस्ने बर्ष ३६ को नेत्र भन्डारी अनुहार, ढाड,हातमा जलेको बोल्न नसक्ने गम्भिर  ।
- जिल्ला मोरङ उर्लाबारी न.पा ७ बस्ने बर्ष ३५ को राजन लुईंटेल अनुहार, हातमा जलेको बोल्न सक्ने मध्यम मिति २०८०।०७।२७ गते  ०७:४५ बजे अस्पताल पुगेको ।
- जिल्ला मोरङ उर्लाबारी न.पा  ५ बस्ने बर्ष ५५ को रबि तामाङ हात खुट्टामा जलेको बोल्न सक्ने मध्यम । मिति २०८०।०७।२७ गते डिस्चार्ज भई घर गएको ।


Author

थप समाचार
x