समाज

धनुषाको सबैला नगरपालिकामा भोलि सार्वजनिक बिदा

इकागज |
मंसिर १०, २०८० आइतबार १८:१० बजे

जनकपुरधाम- धनुषाको सबैला नगरपालिकाले कार्तिक पूर्णिमाको अवसरमा भोलि साेमबार बिदा दिएको छ‌ । नगरप्रमुख कारीराम यादवले पूर्णिमा मेलाको अवसरमा सोमबार बिदा दिएको सूचना जारी गरेका हुन् ।

सोमबार नगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा एक दिनका लागि स्थानीय बिदा रहने सूचनामा उल्लेख छ ।


धनुषा र सिरहा जोड्ने कमला नदीमा पूर्णिमा अवसरमा विशाल मेला लाग्ने गर्छ ।


Author

थप समाचार
x