समाज

प्रतिनिधिसभा सदस्य दिपक खड्का सवार गाडी संखुवासभामा दुर्घटना

इकागज |
मंसिर १६, २०८० शनिबार २१:३० बजे

काठमाडौँ- प्रतिनिधिसभा सदस्य दिपक खड्का सवार गाडी दुर्घटनामा परेकाे छ । संखुवासभामा कार्यक्रममा सहभागी भई धरान जाने क्रममा ​उनी सवार प्रदेश १-०२-००२ च ३५४५ नम्बरकाे गाडी दुर्घटनामा परेकाे हाे । 

संखुवासभा कांग्रेस सभापति समेत रहेका खड्का सँगै नेपाली कांग्रेसका महासमिति सदस्य दिपक लिम्वु, नेपाली कांग्रेस चैनपुर नगरपालिका कार्यवाहक सभापति लभकुमार श्रेष्ठ र उनकी श्रीमती र चालकसहित पाँच जना गाडीमा सवार थिए ।


धनकुटा जिल्लाको साँगुरीगढी​ गाउँपालिकाको नमस्ते झरना नजिकै दुर्घटना भएको संखुवासभाका कांग्रेस नेता सन्दीप निरौलाले जानकारी दिए । उनका अनुसार गाडीमा सवार सबैजना सुरक्षित रहेका छन् ।


Author

थप समाचार
x