समाज

काठमाडौँ जेसिजको अध्यक्षमा खड्का

इकागज |
मंसिर १७, २०८० आइतबार १६:५९ बजे

काठमाडौँ- काठमाडौँ जेसिजको अध्यक्षमा जेसी एन्जिला खड्का निर्वाचित भएकी छन् । काठमाडौँ जेसिजको शनिबार सम्पन्न ४१ औ शाखा अधिवेशन तथा ५३ औ साधारण सभाले उनलाई अध्यक्ष बनाएको हो ।

महासचिवमा जेसी श्याम कुमार घिमिरे, कोषाध्यक्षमा जेसी करुणा थापा , जीएलसीमा जेसी प्रविन कुमार राइ  आइपीपीमा जेसी रफी भण्डारी भएका हुन् ।


कार्यकारिणी उपाध्यक्षमा जेसी नारायण आचार्य, जेसी राजेन  काजी श्रेष्ठ ,जेसी प्रकाश श्रेष्ठ  निर्वाचित भएका छन् ।

उपाध्यक्षहरूमा जेसी जेसी बसन्त ब्लोवन, जेसी नर आदित्य राइ, जेसी निरज कार्की र जेसी कविराज फुयाल निर्वाचित एवं मनोनित भएका छन् । काठमाडौँ जेसिज नेपाल जेसिजकै पुरानो र प्रतिष्ठित शाखाको रुपमा रहेको छ ।

खड्का काठमाडौँ जेसिज को इतिहासमा दोस्रो महिला अध्यक्ष को रुपमा नेतृत्वमा आएकी हुन् । निर्वाचित खड्का आफैँमा एक सफल युवा उधमी हुनुका साथै एक प्रतिष्ठित समाज सेवी को रुपमा चिनिन्छन् ।

 

 


Author

थप समाचार
x