समाज

बोरामा भेटिएका शवकाे भएन पहिचान, चितवन प्रहरीद्वारा स्केच सार्वजनिक

इकागज |
मंसिर १७, २०८० आइतबार १७:५ बजे

चितवन- साता दिन नाघिसक्दा पनि सनाखत हुन नसकेपछि चितवन प्रहरीले दुई मृतकको स्केच सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर-१२ मिलन चोकमा बोराभित्र मृत अवस्थामा फेला परेका महिला र पुरुषको स्केच तस्बिर सार्वजनिक गरेको हो ।

गत मंसिर ६ गते भरतपुर महानगरपालिका वडा-१२ मिलनचोकस्थित पूर्वपश्चिम लोकमार्गको गोन्द्राण केन्द्रीय बस टर्मिनल बसपार्क सडक खण्डको केरुङ्गा घोल खोलाको कल्भर्टमुनि जुटको बोराभित्र शंकास्पद रूपमा बोरामा दुई शव फेला पारेको थियो ।


अन्दाजी २४-२५ वर्ष उमेर देखिने ५ फिट ७ इन्च उचाई भएको पुरुष र सोही स्थानमा ३०/३१ वर्षकी ५ फिट ३ इन्च उचाई भएकी महिलाको शव सडेगलेको अवस्थामा फेला परेको थियो । 

सो शव फेला पारेपछि ७७ वटै जिल्ला प्रहरी कार्यालय लगायत सीमावर्ती भारतीय इलाकाहरूमा समेत हुलिया परिपत्र गर्दा हालसम्म मृतकहरूको सनाखत तथा पहिचान हुन नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको हो ।


Author

थप समाचार
x