सामाजिक सञ्जालमार्फत यौन क्रियाकलाप गराएको आरोपमा काठमाडौँबाट दुई युवा पक्राउ
काठमाडौँ- सामाजिक सञ्जालमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट यौन व्यवसाय सञ्चालन गरिरहेका काभ्रेपलाञ्चोकको भुलुम गाउँपालिका –४ घर भइ हाल काठमाडौंको लाजिम्पाट बस्ने वर्ष २७ को सुरेश कुमार श्रेष्ठ र काठमाडौंको कलंकीका २७ वर्षीय सुरज खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको काठमाडौंँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया