समाज

धारिलो हतियार प्रयोग गरी धादिङमा श्रीमतीको हत्या

इकागज |
मंसिर १८, २०८० सोमबार १९:१८ बजे

धादिङ- धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या अभियोगमा प्रहरीले धादिङको धुनीबेँसी नगरपालिका-४ जीवनपुरका २७ वर्षीय रामचन्द्र बयलकोटीलाई पक्राउ गरेको छ ।

धुनीबेँसी नगरपालिका-१ डुम्रेचौरस्थित आफ्नै २० वर्षीया श्रीमती पवित्रा बयलकोटीलाई धारिलो हतियार प्रयोग गरी मंसिर १७ गते बयलकोटीले हत्या गरेका थिए । हत्या गरी फरार रहेका बयलकोटीलाई १७ गते राति नै पक्राउ गरिएको प्रहरीको भनाइ छ ।


घोप्टो अवस्थामा रहेकी मृतक पवित्राको शव घाँटीलगायत शरीरका विभिन्न भागमा चोटपटक र रगताम्मे अवस्थामा भेटिएको थियो । बयलकोटी र मृतक पवित्राबीच करिब ६ वर्षअघि विवाह भएको थियो । 

विवाहपश्चात् लामो समय वैदेशिक रोजगारीमा रहेका बयलकोटी दम्पतीबीच त्यति बेलैदेखि मनमुटाव रहेको प्रारम्भिक अध्ययनबाट खुलेको छ ।


Author

थप समाचार
x