समाज

सुनचाँदी र नगदसहित एकजना पक्राउ

इकागज |
मंसिर १९, २०८० मंगलबार २०:५२ बजे

काभ्रे- बनेपा नगरपालिका-७ बखुन्डोल डेरा गरी बस्ने भारत महाराष्ट्र साङली घर भएका ३९ वर्षीय सचिन बिभुतेलाई बिलबिजक नभएको सुन जस्तो देखिने धातु करिब २० तोला तथा चाँदी १ सय ६२ तोला र स्रोत नखुलेको नगद ५ लाख ७६ हजार १ सय ३५ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । 

उनको कोठामा सुन, चाँदी लुकाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उक्त सुन, चाँदी र नगदसहित फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।



Author

थप समाचार
x