समाज

परराष्ट्र सचिव पौड्यालको अवकाश, निमित्तमा लम्साल

इकागज |
मंसिर २०, २०८० बुधबार ७:४९ बजे

काठमाडौँ- परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन् । 'करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट मंगलबारदेखि अवकाश लिएको छु' सामाजिक सञ्जालमा उनले लेखेका छन् ।

सरकारले पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ ।


संसदीय सुनुवाइ समितिले सरकारको उक्त सिफारिसलाई अनुमोदन गरिसकेको छ । सचिव पौड्यालले अनिवार्य अवकाश लिएसँगै परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाएकी छन् । सरकारले उनलाई सचिव नियुक्त गर्ने सम्भावना छ । 


Author

थप समाचार
x