समाज

एनसेल प्रकरणमा निर्वाण चौधरी बोले : त कुटेजस्तो गर म रोएजस्तो गर्छु

इकागज |
मंसिर २१, २०८० बिहीबार १२:३२ बजे

काठमाडौँ- चौधरी फाउण्डेशनका उपाध्यक्ष तथा सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एनसेल आजियाटा प्रकरणले टेलिकम क्षेत्रका माफिया र संगठनलाई नेपाली जनताले चिन्ने मौका पाएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा लेख्दै नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएको उल्लेख गरेका छन् ।


‘सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्विकृती दिइएन भन्ने कुराको अब पटाक्षेप हुदैछ,’ उनले भनेका छन्,’  हेर्दै जाऔँ, अरु के के देख्न पाईने हो !?’

१० बर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन नदिनेहरू एनसेल काण्डमा तिनै पात्रहरू संलग्न रहेको उनले आरोप लगाएका छन् । ‘आज जे भएको छ यहीँ गर्न सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन्,’ उनले दाबीका साथ उल्लेख गरेका छन्,’ देशमा अहिले ‘त कुटेजस्तो गर म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको छ ।‘

 


Author

थप समाचार
x