समाज

फुटपाथ हटाउने ललितपुरको निर्णयविरुद्ध ईः १०८ मिनेट उभिने

इकागज |
मंसिर २५, २०८० सोमबार १४:३ बजे

काठमाडौँ- ललितपुर महानगरपालिकाको बिहान-साँझ फुटपाथमा व्यापार गर्न नदिने निर्णयविरुद्ध ईःले मंगलबारबाट १०८ मिनेट उभिएर विरोध गर्ने भएका छन् । सोमबार फेसबुकमा पोस्ट गर्दै ललितपुर महानगरको निर्णयविरुद्ध उभिने बताएका हुन् ।  

अभियन्ता ईःले ललितपुरको सपना नमार्न आग्रह गर्दै महानगरको उक्त निर्णय ठीक नभएको बताएका छन् । महानगरको निर्णयविरुद्ध उनले मंगलबार ३ बजेबाट उभिने जानकारी दिएका छन् । 


‘कर लेऊ । गरी खान देऊ,’ अभियन्ता ईःले फेसबुकमा लेखेका छन्, ‘विस्थापन होइन । व्यवस्थापन गर ।’ 

अभियन्ता ईःले काठमाडौँ महानगरपालिकामा पनि फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित राष्ट्रिय सभागृह अगाडि १९९ घण्टासम्म उभिएर विरोध जनाएका थिए । 
 


Author

थप समाचार
x