समाज

धनगढीका मेयरविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

इकागज |
पुस ११, २०८० बुधबार १७:४४ बजे

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाविरुद्ध जग्गा व्यवसायीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा बुधबार भएको सुनुवाइमा अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो । उपमहानगरमा जग्गा प्लटिङसम्बन्धी कार्यविधि लागू गरिएपछि कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालविरुद्ध जग्गा व्यवसायी उपेन्द्रप्रसाद अवस्थीले पुस ८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।


सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ । अब सर्वोच्च अदालतमा धनगढी उपमहानगरले कार्यविधि जारी गर्नुको कारण पेस गर्नुपर्नेछ । उपमहानगरपालिकाको कार्यालयले ‘धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङसम्बन्धी कार्यविधि २०८०’ राजपत्रमा प्रकाशित गरेर १० मिटरको सडक हुनुपर्ने मापदण्ड लागू भएपछि जग्गा व्यवसायीले विरोध गर्दै आएका छन् ।


Author

थप समाचार
x