समाज

बालकुमारी घटनाबारे प्रहरीको निष्कर्ष : मन्त्री ज्वालाको सवारीले स्थिति असामान्य बन्यो

इकागज |
पुस १६, २०८० सोमबार १२:१५ बजे

काठमाडौँ- प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बालकुमारीमा प्रदर्शन भइरहेका बेला नै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको सवारी हुँदा स्थिति झन असामान्य बन्न पुगेको बताएका छन् । 

सोमबार सिंहदरबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा दुई युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनाबारे जानकारी दिने क्रममा उनले प्रहरी र मन्त्रीको पीएसओबीच सञ्चार समन्वय नभएकाले घटना भएको बताए ।


‘मन्त्रीज्यू हिँड्दाखेरि पीएसओले जानकारी लिएर रुट क्लियर छ कि छैन भन्ने कुराको समन्वय भएन । भिडमा आएर गाडी रोकिएपछि मन्त्रीसँग सामान्य विवाद भयो,’ उनले भने, ‘प्रहरी र पीएसओबीच सञ्चार समन्वय नभएकाले घटना भएको र धैर्यता गुमाएको अवस्था देखियो ।’

गएको शुक्रबार ललितपुरको बालकुमारीमा ईपीएस शाखाबाट कोरिया भाषा परीक्षामा बञ्चित गरिने निर्णयविरुद्ध आन्दोलन गर्दा दुई युवकको मृत्यु भएको थियो । युवाहरू प्रदर्शनमा उत्रिएका थिए । तर, प्रदर्शनकारीको नेतृत्व कसैले नगरेको र अराजक रूपमा जसले जे पायो त्यही गर्ने अवस्थामा रहेको महानिरीक्षक कुँवरले बताए ।

सो घटनामा प्रदर्शनकारी माथि १२४ सेल अश्रुग्यास, रबर बुलेट र हवाइ फायर गरिएको जानकारी दिँदै उनले २१५ नेपाल प्रहरी र ७५ जना सशस्त्र प्रहरी खटिएको बताए ।

र, यो पनि


Author

थप समाचार
x