समाज

सर्लाहीमा नगर अस्पतालको विषयमा झडप, प्रहरीको गोली लागेर एकको मृत्यु

इकागज |
पुस २०, २०८० शुक्रबार १७:० बजे

सांकेतिक तस्विर

काठमाडौँ- सर्लाहीमा नगर अस्पतालको विषयलाई लिएर झडप हुँदा एक जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिकास्थित नगर अस्पताल सञ्चालनको विषयमा झडप हुँदा बरहथवामा एक जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले इकागजलाई जानकारी दिए । मृत्यु कसको भएको हो त्यो भने नखुलिसकेको उनले बताए । 'एक जनाको मृत्यु भइसकेको छ,' उनले भने ।

शुक्रबार दिउँसो करिब २ बजेदेखि स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो । ‘झडप हुँदा एक जनाको मृत्यु भएको छ, शव स्थानीयकै नियन्त्रणमा छ,’ प्रजिअ धमलाले भने, ‘स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’


अस्पतालको भवन स्वामित्वको विषयमा असन्तुष्ट स्थानीयले शुक्रबार नगरपालिका कार्यालय घेराउ गरेपछि प्रहरीले रोकेको थियो । स्थानीयलाई प्रहरीले रोकेपछि झडप भएको हो ।

 


Author

थप समाचार
x