समाज

ज्यान मार्ने उद्योग कसुरमा ६० वर्षीय वृद्ध पक्राउ

इकागज |
पुस २४, २०८० मंगलबार २१:२३ बजे

सांकेतिक तस्बिर

गोरखा- ज्यान मार्ने उद्योग कसुरमा पालुङटार नगरपालिका-१० धौखोला चारघरेका ६० वर्षीय तिलकबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार तिलकबहादुरले खुर्पा प्रहार गर्दा ४७ वर्षीय हिराबहादुर विश्वकर्मा घाइते भएका थिए । हिराबहादुरको टाउको र गालामा गम्भीर चोट लागेको र उनको अन्नपूर्ण अस्पताल कास्की पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


ज्यान मार्ने नियतले धारिलो हतियार प्रहार गरेको आरोपमा सोमबार तिलकबहादुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । हिराबहादुर नाताले तिलकबहादुरका भाइ हुन् । 

पक्राउ परेका तिलकबहादुरलाई मंगलबार ज्यान मार्ने उद्योग कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x