समाज

बलात्कार आराेपमा तीनजना पक्राउ

इकागज |
माघ २५, २०८० बिहीबार १५:४ बजे

काठमाडाैँ- भाेजपुर, झापा र भक्तपुरबाट बलात्कार आराेपमा तीन जना पक्राउ परेका छन् । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा  भोजपुरकाे षडानन्द नगरपालिका-१ मिलन चोक बस्ने ३५ वर्षीय राजेन्द्र कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले ती महिलालाई पुस ७ गते दिउँसो सोही नगरपालिका-१ स्थित सार्वजनिक चप्लेटी ढुङ्गामा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 


यस्तै २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा  झापाकाे कन्काई नगरपालिका-२ सुकुम्बासी टोल बस्ने ५५ वर्षीय लोकबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । सार्कीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरकाे चाँगुनारायण नगरपालिका-५ छालिङ बस्ने २४ वर्षीय सुबेन्द्र लिगललाई प्रहरीले पक्राउ गरेको छ । लिगलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 


Author

थप समाचार
x