समाज

१५ हजार घुस लिएको आरोपमा मालपोतका खरिदार दोषी ठहर

इकागज |
माघ २६, २०८० शुक्रबार २०:३३ बजे

काठमाडौँ- भूमि सुधार तथा मालपोत कार्यालय, कलैयाका खरिदार रामविश्वास साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, रामहादुर थापा र रितेन्द्र थापाको इजलासले आज साहलाई दोषी ठहर गरेको हो ।

अदालतले उनलाई एक महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । उनीमाथि जग्गा रजिस्ट्रेसनका लागि १५ हजार रुपैयाँ घुस मागेको अभियोग थियो ।


उनले मागेको पैसा बुझिदिने गौरीशंकरकुमार साहलाई मतियार ठहर गर्दै अदालतले साढे सात हजार रुपैयाँ जरिवाना र १५ दिनको कैद सजाय सुनाएको छ । 


Author

थप समाचार
x