समाज

काठमाडौँ महानगर भित्रका निजी तथा साझेदारी अस्पतालबाट निःशुल्क उपचार लिन के गर्नुपर्छ ?

इकागज |
फागुन २, २०८० बुधबार १५:५५ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले निजी तथा साझेदारी अस्पतालहरूलाई लक्षित वर्गको निःशुल्क उपचार सेवा गर्न निर्देशन दिएको छ । महानगरका अनुसार फागुन १ गतेबाट  निजी तथा साझेदारी अस्पतालबाट लक्षित वर्गले निःशुल्क पाउने छन् ।

त्यसैगरी, महानगरले निजी अस्पताल र साझेदारी अस्पताललाई निःशुल्क उपचार गरिदिन अनुरोध गरेको छ ।  


स्वास्थ्य संस्था संचालन मापदण्ड, २०७७ को ७० (घ)  र काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा २८ बमोजिम काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण अस्पतालहरूले कुल शैयाको १० प्रतिशत उपलब्ध गराउनुपर्नेछ । नेपालको जुनसुकै स्थानका लक्षित वर्गलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

महानगरले जारी गरेको सूचनामा ‘काठमाडौँ महानगरपालिका अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८०’ स्वीकृत भएको उल्लेख छ । अस्पतालमा निःशुल्क शैया के, कति र कस्तो अवस्थामा छ भनेर www. Freehealth. Kathmandu.gov.np बाट जानकारी लिन सकिने उल्लेख छ ।‘


Author

थप समाचार
x