समाज

कृषि विकास बैंकमा जागिर खुल्यो

इकागज |
फागुन ११, २०८० शुक्रबार ७:५१ बजे

काठमाडौँ- कृषि विकास बैंकले विभिन्न पदमा कर्मचारी मागेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै बैंकले शाखा अधिकृतदेखि लेखापालसम्म कर्मचारी माग गरेको हो ।

२ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आइटी इन्जिनियर, ६ जना कर्जा अधिकृत, १६ जना व्यवसाय सहायक, १ जना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापाल माग गरेको हो ।


आजदेखि चैत १ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्ने बैंकले जनाएको छ ।

 


Author

थप समाचार
x