समाज

नागरिक उड्डयन प्राधिकरणले माग्यो उपनिर्देशकदेखि सहायकसम्म कर्मचारी

इकागज |
फागुन ११, २०८० शुक्रबार ८:१२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै प्राधिकरणले उपनिर्देशकदेखि सहायकसम्मक विभिन्न पदका ९८ कर्मचारी माग गरेको हो ।

प्राविधिकतर्फ दसौं तहको उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत १/१ जना तथा ४३ जना एयर ट्राफिकतर्फ वरिष्ठ अधिकृतमा कर्मचारी मागेको हो । त्यस्तै एभिएशन फायर सर्भिसेसतर्फ १७ जना प्राविधिक सहायक मागेको छ ।


इच्छुक तथा योग्य नेपाली नागरिकहरूले चैत १ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत ८ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्ने प्राधिकरणले जनाएको छन् ।


Author

थप समाचार
x