समाज

प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला, तीन जना पक्राउ

इकागज |
फागुन १२, २०८० शनिबार ७:३२ बजे

फाइल तस्बिर

काठमाडौँ- थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ । बालिका चोरीको आरोपमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जना पक्राउ परेका छन् ।

शुक्रबार राति करिब १२ बजे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट शिशुको उद्धार गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए । चोरी आरोप लागेका तीन जना पनि काँडाघारीबाट पक्राउ गरिएको हो ।


पक्राउ पर्नेमा मनीषाकी दिदी र श्रीमानसमेत रहेका छन् ।

काभ्रे घर भएकी एक महिलाको २६ दिनको बच्चा चोरी भएको भन्दै उजुरी दिएकी थिइन् । अस्पतालमा उपचाररत बच्चा केहीबेर लिने भन्दै मनीषाले बच्चा लिएकी थिइन् । शुक्रबार दिउँसो १२ बजेतिर बच्चा चोरी भएको थियो ।

र, यो पनि


Author

थप समाचार
x