समाज

झापामा मोटरसाइकल चोरी गरी ताप्लेजुङमा बेचबिखन गर्ने गिरोह पक्राउ

इकागज |
फागुन १२, २०८० शनिबार २१:४ बजे

काठमाडौँ- झापामा मोटरसाइकल चोरी गरी ताप्लेजुङको विभिन्न स्थानमा बेचबिखन गर्ने गिरोहलाई झापा प्रहरीले पक्राउ गरेको छ ।

चोरीमा संलग्न मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं.६ घर भई हाल झापा बिर्तामोड नगरपालिका वडा नं.६ बुट्टाबारी बस्ने वर्ष २७ को योगेश मगर भन्ने बालकुमार मगरलाई प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानमा ताप्लेजुङको विभिन्न स्थानमा बेचबिखन गरेका ८ वटा मोटरसाइकलहरूलाई प्रहरीले फेला पारेको बताएको छ ।


यस्तै झापा दमक नगरपालिका वडा नं.६ दमक पश्चिम जेशिस चोकबाट पशुहाट बजारतर्फ जाँदै गरेका जिल्ला झापा गौरीगंज गाउँपालिका वडा नं.३ बस्ने वर्ष १९ का गगन ऋसिदेव र वर्ष २७ का रविन पासवानलाई प्रतिबन्धित लागूऔषध ब्राउनसुगर १०२ ग्रामसहित पक्राउ गरी गरिएको छ । उनीहरूमाथि झापा जिल्ला अदालतबाट दिन १० म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

झापा अदालतहरूबाट विभिन्न मुद्दा शीर्षकमा मुद्दा दर्ता भई फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् । विभिन्न स्थानमा लुकीछिपी बसोबास गरिरहेका १८ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको र पक्राउ मध्ये कैद सजाय बाँकी रहेका प्रतिवादीहरूलाई कैद भुक्तानका लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको छ ।

जरिवाना रकम मात्र तिर्न बाँकी प्रतिवादीहरूलाई जरिवाना रकम तिराई छाडिएको प्रहरी उपरीक्षक (एसपी) मिलन केसीले जानकारी दिए ।


Author

थप समाचार
x