समाज

अँगेनोको आगोले घर खरानी

इकागज |
फागुन १२, २०८० शनिबार २१:१७ बजे

मलेखु- पानी परेर चिसो बढेपछि कोठा न्यानो बनाउन अँगेनोमा बालेको आगो सल्किँदा उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका-१ रिचेतमा एउटा घर जलेर खरानी भएको छ ।

गएराति अँगेनोको आगो फुसको छानामा फैलिएपछि सिपी तामाङको कच्ची घर जलेको स्थानीय पूर्ण तामाङले जानकारी दिए । 'दिउँसो पानी परेको थियो, साँझ चिसो बढेकाले परिवारका मानिसले अँगेनोमा आगो तापेर त्यसै छाडेका रहेछन्,' तामाङले भने, 'अँगेनोमा आगो निभेको ठानेर सुत्न गएका उनीहरू घरमा आगो लागेपछि ब्यूँझिएका थिए । आगोले घरमा रहेको सबै अन्नपात नष्ट भएको छ ।'


करिब २० मुरी धान, मकै, कोदोलगायत घरमा भएका सबै अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ । आगलागीबाट करिब रु १३ लाख बराबरको क्षति भएको स्थानीयले बताएका छन् । 


Author

थप समाचार
x