समाज

शर्मिला वाइबा सिन्धुपाल्चोकबाट पक्राउ

इकागज |
फागुन १६, २०८० बुधबार १६:४८ बजे

काठमाडौँ- सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा सिन्धुपाल्चोकबाट पक्राउ परेकी छिन् । बुधबार बाह्रबिसे इलाका प्रहरी कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । 

उनलाई नियन्त्रणमा लिएर काठमाडौँ महाराजगञ्‍ज पठाइसकेको बाह्रबिसे इलाका प्रहरी कार्यालयका वरिष्‍ठ हवल्दार चन्द्र मगरले इकागजलाई जानकारी दिए । 


बाह्रबिसे आएको बेला उनलाई पक्राउ गरिएको उनले बताए । ' उहाँलाई जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएकाले नियन्त्रणमा लिएका हौ,' उनले भने ।

केही  समयअघि शर्मिला वाइबा, सुम्निमा खालिङ र सुम्निमाकी बहिनी गंगामाथि कलाकार पवन खतिवाडालाई कुटपिट गरेको आरोप थियो । सुम्निमा​ पवनकी श्रीमती हुन् । सँगै बस्न नसकिने भन्दै उनीहरूबीच विवाद हुँदै आएको छ । पवनले अनुहारमा चोटैचोट लिएर पत्रकार सम्मेलन गरेका थिए । 

 


Author

थप समाचार
x