समाज

कुटपिट गरेको भन्दै फुटपाथ व्यापारीहरूले गरे सुन्धरामा प्रदर्शन

इकागज |
फागुन १७, २०८० बिहीबार १८:३६ बजे

काठमाडौँ - काठमाडौं महानगरपालिकाका नगर प्रहरीले कुटपिट गरेको भन्दै फुटपाथ व्यापारीहरुले काठमाडौंको सुन्धरामा प्रदर्शन गरेका छन् । 

राती आठ बजेपछि सुन्धारा क्षेत्रमा व्यापार गर्दा नगर प्रहरीले निर्घात कुटपिट गरेको भन्दै फुटपाथ व्यापारीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले महानगरको ज्यादती कहिलेसम्म, साङघाकि आक्रमण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । 


यसअघि बुधबार साँझ सुन्धारा क्षेत्रमा सडक व्यापार गर्ने विषयमा काठमाडौ नगर प्रहरी र फुटपाथ व्यापारीबीच झडप भएको थियो । महानगरले भने आफूहरूमाथि फुटपाथ व्यापारीले आक्रमण गरेपछि झडपको स्थिति सिर्जना भएको दाबी गरेको छ । 


Author

थप समाचार
x