समाज

मिटरब्याज पीडितहरुले साङ्ले जुलुस निकाले

इकागज |
फागुन १८, २०८० शुक्रबार १८:३३ बजे

काठमाडौँ - विभिन्न माग राख्दै आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरुले शुक्रबार साङ्ले जुलुस निकालेका छन् । 

आफुहरुको मागको छिटो सुनुवाई गर्नुपर्ने भन्दै उनीहरुले एकआपसमा साङ्लोले बाधेरे साङ्ले जुलुस निकालेका हुन् । काठमाडौको भृकुटिमण्डपबाट सुरु भएको साङ्ले जुलुस भद्रकाली पुगेर समापन भएको थियो । 


उनीहरुले मिटरव्याजीलाई कारवाही गर, मिटरव्याजबिरुद्धको आन्दोलनलाई सफल पारौ लगायतका नारा लगाएका थिए । 

सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पत्ति फिर्ता हुनुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन हुनुपर्ने लगायतका ६ बुँदे मागसहित मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समितिले आन्दोलन गरिरहेका छन् । 


Author

थप समाचार
x