समाज

ईले भनेः ढाट्न र छल्न कोही कसैले सिकुन मेयर बालेनबाट

इकागज |
फागुन २०, २०८० आइतबार ११:१५ बजे

काठमाडौँ- सामाजिक अभियन्ता ई ले कसैले ढाट्न वा छल्न बालेन शाहबाट सिकुन भनेर बताएका छन् । शनिबार सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले नगर प्रहरीमाथि एमालेका राजनीतिकर्मीले सुरूमा आक्रमण गरेको आरोप लगाएका थिए ।

‘हाम्रो नगर प्रहरीले प्रहरीको अधिकार प्रयोग गरेको होइन, आत्मरक्षा र प्रतिवादका लागि मानवअधिकारको प्रयोग गरेका हुन् । तपाईंले हेर्नुभएको भिडिओ दोस्रो हाफ हो, पहिलो हाफलाई राष्ट्रिय सरकारले मेटाएको छ,’ उनले लेखेका थिए ।


‘पहिलो कुरा, बुधबार राती त्यत्रो ठूलो सङ्ख्यामा लठ्ठी बोकेका नगर प्रहरी, कति त सादा पोशाकमा, किन त्यहाँ उपस्थित थिए? उनले प्रश्‍न गर्दै भनेका छन्,’  भ्यानमा कोचेर आधा शहर डुलाएर बूटलठ्ठी बजार्नपाइन्छ? बेलुका ७ बजेपछि दुईछाक टार्न सडक छेउँ बस्ने सडक व्यापारीले नगर प्रहरीलाई कुटेर के फाइदा? ‘

असोजको सहमतिपछि केही महिनासम्म त्यहाँ बेलुकाको समय व्यापार गर्न दिँदा समस्या नभएको बताएका छन् ।

सडक व्यवसाय गर्ने व्यक्तिहरूको आआफ्नो राजनीतिक आस्था र केहिको ट्रेडयुनियन आबद्धता रहने पनि ईले उल्लेख गरेका छन् ।

‘ एमाले, कांग्रेस, माओबादी, रास्वपा, राप्रपा, केही त बालेनकै चुनावमा पनि लागेका थिए । त्यो हुँदैमा ती मान्छे मान्छेनै भएनन्? तिनको पीडा पीडानै भएन? खाली निषेध र निर्दलीय सोचले हामीलाई कहाँ पु-याउँछ भन्ने सर्वविदितै छ,’ उनले अगाडि थपेका छन् ।

 

 

 


Author

थप समाचार
x