समाज

भक्तपुरको भट्‍टीमा जुराएको भेटले हत्यासम्म पुर्‍यायो

'श्रीमान अपहरणमा परे दुई लाख ल्याउनू'

इकागज |
फागुन २०, २०८० आइतबार १३:४५ बजे

काठमाडौँ- कर्तव्य ज्यान गरी फरार रहेका भक्तपुरका सन्तोष सुवाललाई प्रहरीले पक्राउ गरेको छ ।​ काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार  तेह्रथुम घर भई हाल भक्तपुर बस्दै आएका बर्ष ३३ का गोपाल ढकालको हत्यामा संलग्न देखिएकाले सुवाललाई पक्राउ गरिएको हो । 

सूर्यविनायक जङ्गलमा रु दुई लाख  लिई आउनु भनी बोलाएर ढकालको हत्या भएको प्रहरी अनुसन्धानमा देखिएको कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिए । ढकालको शव गत फागुन ११ गते  सूर्यविनायक  स्थित रोधन बस्नेतको गोठमा फेला परेको थियो । 


सुवाल र ढकालको लामो समयदेखि चिनजान थिएन । पहिलोपटक भेट भक्तपुरकै भट्टी पसलमा भएको थियो । दुवै जनाले एकै ठाउँमा रक्सी सेवन गरेका थिए । रक्सीले लठ्ठ भएका ढकाल सुवालको घरमा गए ।

सुवालले ढकालकै मोबाइलबाट श्रीमतीलाई फोन गरेर श्रीमान अपहरणमा परेको जानकारी दिए । उनको श्रीमतीले तत्कालै भक्तपुर प्रहरीकोमा उजुरी दिइन । उनको नम्बर खोजी कार्य र लोकेशन ट्रयाक सुरु गर्‍यो प्रहरीले तत्कालै प्रहरीले पत्ता लगाउन सकेन ।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार ढकालले सुवालको श्रीमतीलाई जिस्काएको तथा अनैतिक व्यवहार गर्नु नै मृत्युको मुख्य कारण रहेको छ । सुवालले ढकाललाई इट्टा र ढुंगाले हानी हत्या गरेका थिए ।

सुवालसँग मृतकको भीभो मोबाइल र सिसिटीभी फुटेजमा जेखिएको ज्याकेटसमेत फेला परेको थियो ।

सुवाललाई भने प्रहरीले पटक-पटक पक्राउ गरिसकेको छ । यसअघि पनि उनी चोरीसम्बन्धी कसुरमा कारागार चलान भइसकेका थिए । त्यसैगरी जिल्ला प्रहरी परिसर भक्तपुरमा अभद्र व्यवहारमा उनी पक्राउ परिसकेका थिए ।

सुवाललाई  काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिका ६ बाट शनिबार पक्राउ गरिएको हो ।  मृतकको मोबाइलसहित पक्राउ परेका सुवाललाई थप अनुसन्धानको लागि प्रहरी वृत्त जगाती पठाइएको  छ ।


Author

थप समाचार
x