समाज

चितवनकी शालिन पोखरेलको बलात्कार नभएको पोष्टमार्टम रिपोर्ट

इकागज |
फागुन २०, २०८० आइतबार १४:४२ बजे

काठमाडौँ- चितवनको छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेकी १४ वर्षीया शालिन पोखरेलको बलात्कार नभएको अनुसन्धानले देखाएको छ । पोखरेलको शवको पोष्टमार्टम र मृत शरीरको फरेन्सिक जाँच परीक्षण काठमाडौँको टिचिङ अस्पताल गरिएको थियो । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार जाँचमा उनको बलात्कार नभएको पाइएको हो ।

गत शनिबार बिहान रत्ननगर नगरपालिका-१२ माधवपुर मामाघरमा बसी एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टेलमा बस्ने शालिन मृत फेला परेकी थिइन् ।बालिका होस्टेलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।


उनको मृत्युपछि मृतकका आफन्तले बलात्कारपछि हत्या भएको दाबी गर्दै आएका छन् । आफन्तले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि उक्त जाहेरीपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो ।

चितवन जिल्ला अदालतको आदेशअनुसार अनुसन्धानका लागि उनीहरूलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । अहिले सामाजिक सञ्जाल शालिनको मृत्यु प्रकरणले तातेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यो घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिइसकेका छन् ।

शालिन रत्ननगर-१० को एकता निकेतनको होस्टेलमा दुई वर्षदेखि बस्दै आएकी थिइन् । उनी १० वर्षदेखि मावली घरमा हजुरआमासँग बस्दै आएकी थिइन् ।

बुवा-आमाले डिभोर्स गरेपछि उनी एक्लिएकी थिइन् । उनका बुवा काठमाडौँ बसुन्धरामा कान्छी श्रीमतीसाथ बस्दै आएका छन् । आमा भने पाकिस्तानी नागरिकसँग बिहे गरेर विदेशमा बस्दै आएकी छिन् ।


Author

थप समाचार
x