समाज

कोटेश्वरमा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई बसले दियो ठक्कर

इकागज |
फागुन २०, २०८० आइतबार १७:५८ बजे

काठमाडौँ- काठमाडौँको कोटेश्वरमा ड्युटी गरिरहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिएको छ । 

बिहान ९ बजेर ४१ मिनेटमा कोटेश्वरबाट बालकुमारीतर्फ मोडिने क्रममा बसले नायब निरीक्षक (सई) टोपबहादुर खत्रीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट उनी गम्भीर घाइते भएका छन् ।


उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालय प्रवक्ता जीवन श्रेष्ठले खत्रीको आईसीयूमा राखेर उपचार भइरहेको बताए ।


Author

थप समाचार
x