समाज

इतिहासमा आज : काजीले गोपुर किल्लामा आत्मसमर्पण गरेदेखि लेखक-कलाकारहरू सडकमा

इकागज |
चैत ३, २०८० शनिबार ८:४१ बजे

काठमाडौँ- आज चैत ३ गते अर्थात मार्च १६ । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ति घटनाबारे जानकारी दिन गइरहेका छौँ ।

कीर्तिपुरमाथि तेस्रो पटकको युद्धको नेतृत्व काजी वंशराज पाडेले लिएका थिए । उनले चारैतिरबाट गोपुर किल्लालाई घेरेर खेतालाका रूपमा केही सैनिक कीर्तिपुर पठाएका थिए । वंशराजले कीर्तिपुरेहरूलाई आत्मसम्पर्ण गर्न भनेका थिए । यो युद्धमा कीर्तिपुरलाई छिमेकी राज्यहरूबाट सैनिक सहयोग भएको थिएन । वि.स. १८२२ चैत ३ गते धनवन्त काजीले गोपुर किल्लामा आत्मसम्पर्ण गरेका थिए ।


त्यस्तै २०४६ साल चैत ३ अभिव्यक्ति स्वतन्त्रताका लागि लेखक-कलाकारहरू सडकमा उत्रिएका थिए । जसमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायत साहित्य, कला, संगीत क्षेत्रका स्रष्टाहरू थिए ।

राजनीतिक दलहरूले पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्था स्थापनाको माग थियो भने लेखक-कलाकारहरूले अभिव्यक्ति स्वतन्त्रताको माग राखेर कालो पट्टि बाँधेर आन्दोलन गरेका थिए । उनीहरूलाई त्यस दिन पक्राउ गरियो । मुखमा कालो पट्टी बाँधेर सरस्वती सदन अगाडि साहित्यकार पारिजातले आन्दोलन चर्काइरहेकी थिइन् ।

त्यस्तै सन्‌ २०१४ मार्च १६ कै दिन क्रिमियनहरूले युक्रेन छाडेर रसियामा सामेल हुन मतदान गरेका थिए । एक जनमतसंग्रहलाई अत्यधिक रूपमा अनुमोदन गरे जसले रणनीतिक रूपमा महत्त्वपूर्ण ब्ल्याक सी क्षेत्रलाई यो लगभग २५० वर्षको हिस्सा रहेको देशसँग एकताबद्ध गर्न खोज्यो ।

त्यसैगरी सन् २०२२ को मार्च १६ मा जापानको फुकुशिमाको तटमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।


Author

थप समाचार
x