कर्णाली पुलबाट आजदेखि एकतर्फी रुपमा सवारीसाधनहरु चल्न थाले
फाइल फोटो
काठमाडौँ -कैलालीको लम्की नगरपालिकाको चिसापानीस्थित कर्णाली पुलबाट आजदेखि एकतर्फी रुपमा सवारीसाधनहरू चल्न थालेको छ ।
नेपाली प्रहरीले दिएको जानकारी अनुसार पुलको कंक्रिट मर्मत कार्यपश्चात एकतर्फी सवारी साधन चल्न थालेका हुन् ।
गत फागुन २८ गते ट्रकमा लागेको आगलागीबाट पुलको बायाँतर्फको केबलहरू तथा स्ल्यावमा क्षति पुगेको थियो । सोही कारण चैत ३ गतेसम्म उक्त पुलबाट पूर्णरुपमा सवारीसाधन बन्द भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया