कर्णाली

कर्णाली पुलबाट हाम्फालेका १७ जनामध्ये एक बेपत्ता

इकागज |
चैत १३, २०८० मंगलबार ७:३१ बजे

सुर्खेत- कर्णाली नदीमा पौडी खेल्न हाम्फालेका १७ जनामध्ये एक जना बेपत्ता भएका छन् ।

सोमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीमाथि रमाइलो गर्दै पौडी खेल्न हाम्फालेका १७ जनामध्ये एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।


बेपत्ता हुनेमा लम्किचुहा नगरपालिका-३ चिसापानी बस्ने अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही रहेको प्रहरीले जानकारी दिएको छ ।

पुलबाट नदीमा हाम्फालेका उनी बेपत्ता भएपछि अहिले उनको खोजी जारी रहेको छ ।


Author

थप समाचार
x