समाज

कर्णाली पुलबाट आजदेखि एकतर्फी रुपमा सवारीसाधनहरु चल्न थाले

इकागज |
चैत ५, २०८० सोमबार १२:२४ बजे

फाइल फोटो

काठमाडौँ -कैलालीको लम्की नगरपालिकाको चिसापानीस्थित कर्णाली पुलबाट आजदेखि एकतर्फी रुपमा सवारीसाधनहरू चल्न थालेको छ ।

नेपाली प्रहरीले दिएको जानकारी अनुसार पुलको कंक्रिट मर्मत कार्यपश्चात एकतर्फी सवारी साधन चल्न थालेका हुन् । 


गत फागुन २८ गते ट्रकमा लागेको आगलागीबाट पुलको बायाँतर्फको केबलहरू तथा स्ल्यावमा क्षति पुगेको थियो । सोही कारण चैत ३ गतेसम्म उक्त पुलबाट पूर्णरुपमा सवारीसाधन बन्द भएको थियो । 


Author

थप समाचार
x