शिक्षा

राइटपाथको आयोजनामा बैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म 'ग्राण्ड एजुकेशन कन्क्लेभ' हुने

इकागज |
बैशाख २७, २०८१ बिहीबार ८:१३ बजे

काठमाडौँ- राजधानिस्थित पुतलीसडकमा अवस्थित ख्यातिप्राप्त शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले  (Right Path Career Counselling) लामो समयदेखि विद्यार्थीहरूलाई करिअर काउन्सिलिङ गर्दै आएको छ । सोही राइटपाथ कन्सल्टेन्सीले यही आगामी मे ११ देखि २१ सम्म (वैशाख २९ गतेदेखि जेठ ८ गतेससम्म) ग्राण्ड एजुकेशन कन्क्लेभ २०२४ आयोजना गर्ने भएको हो ।

विगतका वर्षहरूमा पनि सोही संस्थाले यस्ता कार्यक्रमहरूको नियमित आयोजना गर्दै आएको छ । अहिले सुरु हुन लागेको कन्क्लेभ काठमाडौँबाट सुरु भई देशका विभिन्न ठूला तथा मुख्य शहरहरूमा सम्पन्न हुनेछ । वैशाख २९ गते काठमाडौँ, ३१ गते धनकुटा, जेठ ३ गते हेटौंडा, जेठ ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ तथा ८  गते ललितपूरमा सम्पन्न हुने तालिका रहेको छ ।


कन्क्लेभ लक्षित अफरहरू
एप्लिकेसन प्रोसेसिङमा शतप्रतिशत अफर रहेको छ भने फ्रि मुभी टिकेट तथा एक्साइटिङ गिफ्टह्याम्फरहरूको पनि व्यवस्था गरिएको छ ।

त्यस्तै यूएस लक्षित २५ हजारसम्मको स्कलरसिप अफरदेखि ६ हजार लाग्ने आएल्स जम्मा २०८१ रुपैयाँमै गर्न सकिने व्यवस्था गरिएको छ ।

२० भन्दा धेरै ख्यातिप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरूलाई विद्यार्थीहरूले एकै छानामुनी भेट्न सक्नेछन् ।

‘यूनिभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीहरूले सत्य तथ्य जानकारी पाउन सक्नु हुन्छ भन्ने नै हाम्रो कार्यक्रमको उदेश्य हो । विद्यार्थीहरूको रिसर्चमा पनि यस्ता कार्यक्रमले धेरै मद्धत पुर्‍याउँछ । कतिपयले अफर लेटर हेर्न ढिलाई गर्नु भएको पनि हामीले पाउने गरेका छौं’ राइटपाथका सीईओ फिलिप्स डिसीले भने ।

उनले विद्यार्थीहरूलाई परीक्षापछिको तीन महिना समय खेर फाल्न नपरोस् भन्ने उदेश्यका साथ यस्तो कार्यक्रम आयोजना गरिएको र भर्खरै प्लस टुको परीक्षा सकिएकाले पनि धेरै विद्यार्थीहरूका लागि यो कार्यक्रम लाभदायी हुने बताएका छन् । त्यस्तै वैशाख ३० गते सम्पन्न हुने भनिएको अफर आगामी जेठ ८ गतेसम्म कायम हुने उनले बताए ।


Author

थप समाचार
x