समाज

श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या, छोराले भागेर जोगाए ज्यान

इकागज |
चैत ७, २०८० बुधबार ९:४४ बजे

काठमाडौँ- मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । बेलबारी वडा नम्बर १ का ६० वर्षीय बमबहादुर लिम्बूले ४५ वर्षीया पत्नी गीता लिम्बूको हत्या गरेपछि आत्महत्या गरेका हुन् । मंगलबार राति करिब १ बजेको घटना हो यो ।

घरायसी विवादका कारण बम बहादुरले धारिलो हतियार प्रहार गरी श्रीमती हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले बताए । गीताको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । 


श्रीमतीको हत्या गरेपछि बम बहादुरले पनि घाँटीमा धारिलो हतियारले रेटेर आत्महत्या गरेको खुलेको उनले बताए । उनका छोरा भने भागेर बाँचेका छन् ।


Author

थप समाचार
x