समाज

१३ तस्बिरमा हिलाम्मे काठमाडौँ

अनुज बज्राचार्य |
चैत ७, २०८० बुधबार १५:१६ बजे

तस्बिरमा : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका कारण काठमाडौँलगायत विभिन्न स्थानमा वर्षा भइरहेको छ । बुधबार बिहानदेखि परेको पानीले काठमाडौँका अधिकांश ठाउँहरू हिलाम्मे भएका छन् ।काठमाडौँमा पानीले पैदल हिँड्नुपर्ने, साइकल तथा मोटरसाइकल चलाउनेहरू प्रभावित भएका छन् ।


कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानहरूमा साथै बाँकी देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

 


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x