समाज

सांसद विनोद चौधरीमाथि छानबिन भइरहेको भन्दै सिआइबीले काट्यो सभामुखलाई पत्र

इकागज |
चैत ७, २०८० बुधबार २१:१ बजे

फाइल फोटो

काठमाडौँ- नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि छानबिन भइरहेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ ।

बुधबार सिआइबीका एसपी होबिन्द्र बोगटीले सां‌सद चौधरीमाथि बाँसबारी छालाजुत्ता कारखानाको जग्गामाथि छानबिन भइरहेको भन्दै सभामुख घिमिरेलाई जानकारी गराउन संसद सचिवालयमा पत्र दर्ता गराएको इकागजलाई जानकारी दिए ।


‘काठमाडौं महानगरपालिका ३ नं. वडाको कार्यालय र नवराज शर्मा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अजित नारायण सिंह थापा समेत भएको बाँसबारी छाला जुत्ता कारखाना लि. को नाममा दर्ता कायम रहेको का.जि.का.म.पा. ३ स्थित १०-०-०-० (दस रोपनी) जग्गा गैह कानुनी तवरबाट च्याम्पियन फुटवेयर लि. को नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि. का संस्थापक शेयर धनी तथा तत्कालिन संचालक समितिका सदस्य संघीय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्युरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ,’ पत्रमा उल्लेख छ ।

काठमाडौंको बाँसबारीमा रहेको १० रोपनी सरकारी जग्गाको कागजात कीर्ते गरी निजी बनाएको भन्दै सिआइबीले छानबिन गरिरहेको छ ।


Author

थप समाचार
x