समाज

राैतहटकाे विश्रामपुरमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

इकागज |
चैत १४, २०८० बुधबार २०:४ बजे

सांकेतिक फोटो

काठमाडौँ - रौतहटमा श्रीमान्ले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । वृन्दावन नगरपालिका - १ विश्रामपुर मा श्रीमान कृष्ण वाइबाले ३५ वर्षीय श्रीमती सेतीमाया तामाङको आज हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । 

घाँस काट्न गएको बेलामा श्रीमान् श्रीमतीबीच झगडा परेको उनले बताए । 'दुवैले मदिरा सेवन गर्नुभएको रहेछ अपरान्ह साढे ४ बजेतिर झगडा हुँदा श्रीमतीको मृत्यु भयो', उनले भने । श्रीमान् वाइबा पनि सख्त घाइते भएका छन् । उनको चपुरको सिभिल अस्पतालमा उपचार भइरहेको एसपी श्रेष्ठले जानकारी दिए ।



Author

थप समाचार
x