समाज

डोटीमा आगोले जलेर एक महिला घाइते

इकागज |
चैत १५, २०८० बिहीबार २१:१७ बजे

डोटी- डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छिन् ।

आज शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारी आगोले जलेर घाइते भएकी हुन् । दिउँसो करिब ४ बजेतिर जङ्गलमा लागेको आगोले जलेर भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायणसिं नेगीले बताए ।


पातालीसैन सामुदायिक वनमा सिँचाई योजनाको कुलो खन्नेक्रममा भण्डारी जलेर घाइते भएकी हुन् । भण्डारीको अवस्था गम्भीर रहेकोले सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि अन्यत्रै रिफर गरिएको प्रहरी नायव निरीक्षक नेगीले बताए । 


Author

थप समाचार
x