समाज

नेपाली युवक भारतमा सम्पर्कविहीन

इकागज |
चैत १७, २०८० शनिबार १८:२८ बजे

बैतडी- बैतडी घर भएका एक युवक भारतमा सम्पर्कविहीन भएका छन् ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका-३ मड घर भएका २९ वर्षीय रामदत्त कलौनी भारतको नयाँ दिल्लीस्थित आनन्द विहारबाट सम्पर्कविहीन भएको उनका आफन्त गणेश भट्टले बताए । 


रोजगारीका लागि भारत गएका कलौनी गएको फागुन २३ गतेदेखि सम्पर्कविहीन छन् । फागुन २३ गतेदेखि उनले प्रयोग गर्दै आएको फोन स्वीच अफ रहेको उनले बताए । कलौनीलाई कसैले फेला पारेमा ९७६१४६५६३५ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।


Author

थप समाचार
x