समाज

चट्याङ लागेर दैलेखमा एक बालिकाको मृत्यु

इकागज |
चैत १७, २०८० शनिबार २१:३४ बजे

फाइल तस्बिर

काठमाडौँ- चट्याङ लागेर दैलेखमा एक बालिकाको मृत्यु भएको छ । शनिबार दिउँसो हावाहुरी र असिनापानीसहित एक्कासी परेको चट्याङ लाग्दा भैरवी गाउँपालिका-६ तोरीमूलकी १२ वर्षीया बालिका शर्मिला कँडेलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख दीपक मगराठीका अनुसार चट्याङ लागेर गम्भीर घाइते उनलाई उपचारका लागि सुर्खेत लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको हो ।


चट्याङ लागेर एउटा खसीसमेत मरेको जनाइएको छ । दैलेखमा दिउँसो ५ बजेतिर हावाहुरीसहित पानी परेको थियो ।


Author

थप समाचार
x