समाज

यस्तो छ आजको राशिफल

इकागज |
चैत १८, २०८० आइतबार ६:४७ बजे

फाइल फोटो

काठमाडौँ - आज मिति २०८० साल ,चैत्र १८ गते तदअनुसार मार्च ३१, २०२४ आइतबार, कृष्णपक्षको षष्ठी तिथि, जेष्ठा नक्षत्र, व्यतिपात योग । 
आजको राशिफल

मेष 
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । साथीभाइको सहयोग मिल्नेछ । आयआर्जन पनि राम्रै हुनेछ ।


वृष 
आफ्नो अधिकारको लागि लड्नुपर्ने छ । काम र व्यापार व्यवसायबाट फाइदा उठाउन सकिनेछ । शत्रुहरू पराजित हुनेछन् ।

मिथुन 
काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।

कर्कट
सन्तानले प्रसन्नता दिलाउने छन् । परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ । मान्यजनको सहयोगमा काममा सफलता मिल्नेछ।

सिंह 
परिवारको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । व्यापार व्यवसायबाट पनि फाइदा हुनेछ । साथीभाइसँगै रमाइलोमा समय बित्नेछ ।

कन्या 
दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । काममा सफलता मिल्नेछ । आफ्नै प्रयासले गरेका काममा भने लाभ मिल्नेछ ।

तुला
सामाजिक मान सम्मान पाइने समय छ । रमाइलो यात्राको मौका रहेको छ। अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । काममा केही चुनौतीहरू देखिनेछन् ।

वृश्चिक 
सोचेको आँटेको काममा सफलता मिल्नेछ । आम्दानीका स्रोतहरु फेला पर्नेछन् । साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ ।

धनु 
व्यापार व्यवसायबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सफल गर्ने मौका छ ।

मकर
पारिवारिक सम्बन्धमा सुधार आउनेछ भने मन खुसी रहनेछ । मान्यजनको सुझावले नयाँ काममा हात लाग्नेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।

कुम्भ 
धेरैले सहयोग गर्ने तत्परता देखाउनेछैन । मनग्गे धन कमाउने अवसर मिल्नेछ । पुरानो समस्याले पनि झमेला आइलाग्ने योग रहेको छ ।

मीन 
पारिवारिक जमघटमा मन रमाउनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । स्वादिष्ठ भोजनको आनन्द मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ।


 


Author

थप समाचार
x