समाज

१५ हजार घुससहित वडाध्यक्ष पक्राउ

इकागज |
चैत १८, २०८० आइतबार १७:३३ बजे

फाइल तस्बिर

रुपन्देही- कपिलवस्तुमा एक जना वडाध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ गरेको छ ।

स्थानीयको काम मिलाइदिन घुस लिन लागेको अवस्थामा अख्तियारको टोलीले महाराजगन्ज नगरपालिका-२ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई नियन्त्रणमा लिएको हो । घर सडक नक्सा पास गर्ने नाममा घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले कार्यालयबाट नै उनलाई नियन्त्रणमा लिएको हो ।


अख्तियार बुटवल सूचना अधिकारी एवं उपसचिव ईश्वरीप्रसाद आचार्यले १५ हजार नगदसहित नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।


Author

थप समाचार
x