समाज

हावाहुरीबाट रसुवामा कोरियन नागरिक मृत्यु

इकागज |
चैत १८, २०८० आइतबार २१:३ बजे

काठमाडौँ- हावाहुरीका कारण रसुवामा एक जना कोरियन नागरिकको मृत्यु भएको छ । रसुवाको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा कार्यरत कोरियन नागरिकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा आयोजनाको सहायक कम्पनी दुसानका कर्मचारी कोरियाली नागरिक ५६ वर्षीय HYUN YOUNGMIN रहेका छन् । उनको उपचारका क्रममा काठमाडौँको ग्रान्डी अस्पतालमा मृत्यु भएको हो । 


जिल्लाको उत्तरगया गाउँपालिका-१, मैलुङमा साँझ आएको हावाहुरीको कारण लडेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केशब भट्टराईले बताए । उनका अनुसार शनिबार साँझ ७ बजे अचेत अवस्थामा फेला परेका उनलाई उपचारका लागि अस्पताल पठाइएको थियो ।  


Author

थप समाचार
x