समाज

रिपोर्टर्स क्लबका कोषाध्यक्ष कार्की सम्मानित

इकागज |
चैत १९, २०८० सोमबार ९:३९ बजे

काठमाडौँ- रिपोर्टर्स क्लब नेपालले आफ्नो २६औँ वार्षिकोत्सवको अवसरमा कोषाध्यक्ष ईश्वर कार्कीलाई विशेष पुरस्कारद्धारा सम्मान गरेको छ । क्लबको गरिमा, ख्याती र प्रतिष्ठा वृद्धिका लागि उत्कृष्ट कार्य सम्पादन गरेको र महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै क्लबले एक लाख रुपैयाँ राशीसहित विशेष पुरस्कारसहित सम्मान गरेको हो । 

काठमाडौँको होटल एभरेष्टमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताम्रपत्र र नगदसहित उनलाई सम्मान गरेका हुन् । एक दशकदेखि क्लबको सञ्चालन र ब्यवस्थापनमा सक्रिय रहँदै आएका कोषाध्यक्ष कार्कीले क्लबसँगै रिपोर्टर्स नेपाल डटकम न्यूजपोर्टलको सफल ब्यवस्थापन गर्दै आएका छन । 


पुरस्कृत कार्की क्लबको गतिविधि र पत्रकारितासँगसँगै नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब, ब्लड डोनरर्स एसोसिएशन लगायतका विभिन्न सामाजिक संस्थाहरूमार्फत समाजसेवाको क्षेत्रमा क्रियाशिल रहँदै आएका छन् ।

त्यसैगरी उनको नेतृत्वमा सञ्चालित एप हिमालय मार्फत उनी सूचना प्रविधि ब्यवसायमा समेत सक्रिय रहँदै आएका छन् । आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानन्यायाधीश हरिकृष्ण कार्की, नेपाल सरकारका मन्त्रीहरू, सांसदहरू, सचिवहरू, सुरक्षा निकायका प्रमुखहरू, नागरिक अगुवासहित विविध क्षेत्रका विशिष्ट ब्यक्तित्वहरूको उपस्थिति रहेको थियो । 


Author

थप समाचार
x