समाज

दुई महिनाअघि नेपाल आएका कोरियन नागरिक यंगमिनको रसुवामा मृत्यु

इकागज |
चैत १९, २०८० सोमबार १४:२४ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- रसुवामा हावाहुरीका कारण एक कोरियन नागरिको मृत्यु भएको छ । माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनामा कार्यरत कोरियन नागरिक ५६ वर्षीय ह्युन यंगमिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केशव भट्टराइले इकागजलाई जानकारी दिए ।

आयोजनाको सहायक कम्पनी दुसानका कर्मचारी यंगमिनको उपचारको क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा मृत्यु भएको उनले बताए ।


 जिल्लाको उत्तरगया गाउँपालिका-१, मैलुङमा शनिबार साँझ उनी लडेको अवस्थामा प्रहरीले भेटेका थिए । उनी साइकलमा बाहिर निस्केका थिए ।

दुई महिनाअघि यंगमिन नेपाल प्रोजेडेक्ट डिजाइन म्यानेजरको रुपमा नेपाल आएका थिए ।


Author

थप समाचार
x