समाज

काठमाडौँ महानगरले गरीबहरूको गणना गर्दै

इकागज |
चैत २०, २०८० मंगलबार १४:८ बजे

तस्बिर : काठमाडाैँ महानगर

काठमाडौँ -काठमाडौँ महानगरपालिकाले गरिबको गणना गर्ने भएको छ ।  चैत २५ गतेदेखि महानगरले गरिब घरपरिवार गणना सुरू गर्ने भएको हो ।

महानगरका तथ्यांक अधिकृत कृष्णराज तिवारीले जनगणना २०७८ ले महानगरपालिका भित्र देखाएको घरपरिवार संख्या (२ लाख ३८ हजार ९६६) लाई वडागत रुपमा हेरेर गणक र सुपरीवेक्षक खटाउने जानकारी दिए ।


उनका अनुसार १ जना गणकले १ महिनामा २५० जना घरपरिवारको तथ्यांक संकलन गर्ने छन् । सोही अनुसार समय र जनशक्ति खटाइनेछ । यसमा सबैभन्दा धेरै वडा नं. १६ र ३२ गरी २ वटा वडामा २१/२१ जना खटिनेछन् ।  

महानगरपालिकाले वडा नं. ६ र ३१ मा १४/१४ जना, वडा नं. १५ मा १२ जना, वडा नं. १४ मा ११ जना, ४ र ७ मा १०/१० जना जनशक्ति परिचालन हुनेछन् । यस्तै वडा नं. २६ र १३ मा ९/९ जना, वडा नं. ३, ९ र १० गरी ३ वटा वडामा ८/८ जना जनशक्ति खटाउनेछ ।

वडा नं. २९ मा ६ जना, वडा नं. १७ र ३० मा ५/५ जना, वडा नं. ५ मा ४ जना, वडा नं. २, ११, २१ र २८ मा ३/३ जना खटिनेछन् । वडा नं. ८, १२, १८, १९, २० र २५ गरी ६ वटा वडामा २/२ जना खटिनेछन् । वडा नं. १, २२, २३, २४ र २७ गरी ५ वटा वडामा १/१ जना जनशक्ति खटिने तिवारीले गणना योजना सुनाए ।

गणहरूबाट प्राप्त भएको विवरण सुपरिवेक्षकले प्रशोधन गर्ने काम गर्नेछन् ।


Author

थप समाचार
x