समाज

सिरहामा एसइई परीक्षामा चिट चोराउने शिक्षकसहित तीन जना पक्राउ

इकागज |
चैत २०, २०८० मंगलबार १७:४ बजे

काठमाडौँ- एसइई परीक्षामा गोपनीयता भंग गर्ने तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । मंगलबार सिरहाको बरियारपट्टी गाउँपालिका ३ का जमावी बरियारपट्टी विद्यालयका ३१ वर्षीय लालबाबु यादवले मोबाइलबाट प्रश्नपत्र आउट गरेकाले उनलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी, बरियारपट्टी गाउँपालिका ५ का २० वर्षीय सन्तोष कुमार राम र २१ वर्षीय रमेश कुमार यादवलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरूले परीक्षा केन्द्र बाहिरबाट मोबाइलमा प्रश्नपत्र भंग गरेको अवस्थामा उनीहरूलाई प्रहरीले मोबाइल सहित पक्राउ गरिएको जनाएको छ ।



Author

थप समाचार
x