समाज

दाउरा प्रहार गरेर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

इकागज |
चैत २०, २०८० मंगलबार २०:५१ बजे

फाइल तस्बिर

तेह्रथुम- तेह्रथुममा आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

आफ्नै श्रीमती ५४ वर्षीया सुबासकुमारी लिम्बुको हत्या गरेको अभियोगमा म्याङलुङ नगरपालिका-६ सुर्के बस्ने ४६ वर्षीय दिपक लिम्बुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।


दिपकले धारिलो हतियार दाउरा प्रहार गरी श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुम र प्रहरी चौकी जिरीखिम्तीबाट खटिएको प्रहरीले उनलाई धारिलो हतियारसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।


Author

थप समाचार
x